शिवम् सिमेन्टसले लाभांश बापत ६९ करोड ४७ लाख वितरण गर्ने

0
Shares

शिवम सिमेन्टले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

शिवम सिमेन्टसले चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । जस अनुसार उसले ६९ करोड ४७ लाख रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्नेछ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न कार्तिक ८ गते राष्ट्रिय सभा गृहमा चौंथो वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभाका लागि कम्पनीले असोज २९ गते शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। यसअनुसार असोज २८ गते मंगलबारसम्म कायम रहने शेयरधनीले उक्त लाभांश पाउनेछन्।

शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०७५।०७६ मा एक अर्ब ५० करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १६ पैसा कायम गरेको थियो।