ग्लोबल आईएमई बैंकले २५.५० प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई २५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले १२.७५ बोनस र बोनसमा लाग्ने कर सहित १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले १ अर्ब २८ करोड ८८ लाख १४ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, सोही बराबरको रकम नगद बाँड्नेछ ।

प्रस्तावित राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

हाल बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५ लाख १५ रुपैयाँ छ । बोनसपछि चुक्तापूँजी ११ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ पुग्नेछ ।
अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा बैंकल १६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

चुक्ता पुँजी बढाउने अभियानमा रहेको ग्लोबलले हाथवे फाइनान्सलाई एक्वायर गरी भदौ १८ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ । यस्तै, ग्लोबल आइएमई र जनता बैंक पनि आपसमा मर्जको प्रक्रियामा रहेका छन् ।