यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराद्धारा राजीनामा

0
Shares

यौन दुर्व्यवहार को आरोप लागेका सभामुख कृष्णबहादुर महराले उप सभामुख मार्फत राजीनामा दिएका छन् ।

महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

हिजोदेखि विभिन्न संचार माध्यममा मेरो चरित्रमा गम्भिर प्रश्न उठाई लगाईएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहजहोस भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिदासम्मका लागि राजीमा दिएको छु । महराको राजीनामा पत्रमा लेखिएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मंगलबार विहान बसेको सचिवालयको बैठकले सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो ।