दसैँको पूर्वसन्ध्यामा सुनको मूल्य तोलाको ८०० ले घट्यो

0
Shares

दसैँको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला ८०० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ६९ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ६८ हजार ९०० निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार र तेजावी सुन ६९ हजार ७०० मा खरिदबिक्री भएको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला १५ ले घटेको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला ८२५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

पछिल्लो दुईरतीन महिनादेखि निकै उतारचढाव देखिएको सुनको मूल्य पछिल्लो सातादेखि निरन्तर ओरालो लाग्दै आएको छ ।