क्रिष्टल कञ्चनजंघा सेक्यूरिटीजले दिन थाल्यो मार्जिन कारोवार सुविधा

0
Shares

क्रिष्टल कञ्चनजंघा सेक्यूरिटीज प्रा.लि. ले आफ्ना ग्राहाकका लागि मार्जिन कारोवार सुविधा संचालनमा ल्याउने निर्णय गरेको छ । यसका लागि कम्पनीको संचालक समितिले मार्जिन कारोबार सुविधा संचालन सम्बन्धि आन्तरीक कार्यविधि २०७६ पारीत गरेको छ ।

कम्पनीलाई मार्जिन कारोबारका लागि नेपाल राष्ट्रबैंक ले २०७५ साल चैत्र १४ गते अनुमतीप्रदान गरेको थियो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)बाट भने उक्त कारोबार संचालनको लागि २०७६ साल असार १२ गते अनुमति पाएको थियो ।

नेपाल धितोपत्रबोर्ड बाट सिडिएस एण्ड क्लियरिङ्ग लि.को धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली, २०७६ (पाचौ संशोधन २०७६) संशोधनभई मिति २०७६ असोज १ बाट लागु भएपश्चात यो सेवा संचालनमा ल्याउने बाटो खुलेको हो ।

कम्पनीले यो सुविधा संचालनमा ल्याएपछि ग्राहकले यस कम्पनी मार्फत तोकिएका धितोपत्रहरुको मार्जिन राखेर शेयर खरिद गर्न सक्न अध्यक्ष प्रियराज रेग्मीले जानकारी दिए । प्रचलितकानूनको अधिनमा रहि नेपाल धितोपत्रबोर्डको निति निर्देशन र नेप्सेको “मार्जिन कारोवार सुविधा सम्बन्धि कार्यबिधि २०७५” को परिधि भित्र रहेर कम्पनीले आफ्ना ग्राहाकका लागि यो सेवा प्रदान गर्न लागेको जनाएको छ ।

मार्जिन कारोबार सम्बन्धि ब्यवस्था नेपालको पूँजीबजारको विकासका लागि महत्वपूर्ण भएको कम्पनीको ठम्याई छ ।