आशा लघुवित्तको १२ प्रतिशत बोनसपछिको शेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेन्जले आशा लघुवित्त वित्तीय संस्थाको १२ प्रतिशत बोनसपछिको शेयर मूल्य समायोजन गरेको छ ।

समायोजनपछि कम्पनीको शेयर मूल्य ३८७ रुपैयाँ ५० पैसा कायम भएको छ । बुधबार यहि मूल्यका आधारमा कारोबार खुला हुनेछ ।

लघुवित्तले आगामी कात्तिक ७ गते साधारण सभाभ बोलाएको छ । साधारण सभाका लािग कम्पनीले बुधबार ९असोज १५ गते० देखि सभा हुने दिनसम्म बुक क्लोज गरेको हो । मंगलबार सम्म मात्र कायम शेयरधभनीले बोनस शेयर पाउनेछन् ।

हाल आशाको चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पूँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।