शिवम् सिमेन्टसले साढे चार अर्ब बढी रकम ऋण लिने

0
Shares

शिवम् सिमेन्टसले परियोजनाका लागि आवश्यक ऋण चुक्ता पूँजीभन्दा बढि लिनु पर्ने अवस्थामा त्यसको निर्णय गर्ने पूर्ण अधिकार संचालक समितिलाई दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आगामी कात्तिक ८ गते हुने चौथो वार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित गर्ने जनाएको छ । त्यस्तै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १५.७८ प्रतिशत नगद लाभांश वितरण्को प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीको चुक्ता पूँजी चार अर्ब ४० करोड रुपैयाँ छ । कम्पनीले ६९ करोड ४७ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्नेछ ।

साथै कम्पनीले ५ जना संस्थापक संञ्चालकहरुको निर्वाचन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणको तर्फबाट भने गत वर्ष नै एक जनालाई निर्वा्चित गरिसकेको छ।

साधारणसभा प्रयोजनको लागि असोज २९ गते एक दिन बुक क्लोज गर्ने भएको छ। यसअनुसार असोज २८ गते मंगलबारसम्म कायम रहने शेयरधनीले उक्त लाभांश पाउनेछन्।

चार अर्ब ४० करोड चुक्ता पूँजी रहेको शिवमको वितरण गर्नमिल्ने रकम ९३ करोड र शेयरधनी कोषमा तीन अर्ब २२ करोड रहेको थियो। सोही रकमबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले अघिल्लो आर्थिक बर्षमा प्रिमियम मूल्यमा साधारण शेयर बिक्री गरेको थियो ।

शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षमा एक अर्ब ५० करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १६ पैसा कायम गरेको थियो।