प्रभु बैंकले १ अर्ब ४२ करोडको बोनस वितरण गर्ने

0
Shares

प्रभु बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई १ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस र बोनस शेयरमा लाग्ने कर तिर्न नगद लाभांश वितरण गर्ने भएको छ।

बैंकको सञ्चालक समितिको असोज १७ गते सम्पन्न १६० औं बैंठकले शेयरधनीहरुलाई चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७०६ रुपैयाँको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.८४ प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ८५ हजार ६८२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको १८ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीहरुले पाउनेछन्। 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा भने ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो। प्रस्तावित बोनस पूँजीकरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ।