अबदेखि नागरिक लगानी कोष, सञ्चय कोष, र हुलाक बचत बैंकले पनि राष्ट्र बैंकमा विवरण बुझाउनुपर्ने

0
Shares

अबदेखि नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, र हुलाक बचत बैंकले नेपाल राष्ट्र बैंक समक्ष विवरण पेश गर्नुपर्ने भएको छ। नेपाल सरकारको २०७५ कार्तिक २५ गते सम्पन्न मन्त्रीपरिषद्ले सम्पति शुद्धीकरण निवारणका लागि तीनवटै संस्थालाई नियामक निकाय तोकेसँगै विवरण बुझाउनुपर्ने भएको हो।

नेपाल राष्ट्र बैंकले असोज १७ गते तीनवटै निकायका लागि सम्पति शुद्धिकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धि निर्देशन जारी गर्दै तोकिएको विवरण नबुझाए १० लाख देखि ५ करोड रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरेको हो। सो जरिवाना सम्बन्धि व्यवस्था १५ बुँदामा गरिएको छ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनको पूर्ण पाठ यहाँबाट हेर्नुहोस्