प्रभु बैंकको १ अर्बको ऋणपत्र आउने

0
Shares

प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट उक्त रकमको ऋणपत्र जारी गर्न अनुमति पाएको छ।बैंकले एक हजार रुपैयाँ अंकित दरको एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डबाट अनुमति पाएको हो।

बैंकले कुल १ अर्ब रुपैयाँ मध्ये ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर सर्वसाधारणमा जारी गर्नेछ भने बाँकी ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र बैंक आफैंले व्यक्तिगत तवरबाट अन्य संस्थापक शेयरधनी तथा संघ संस्थालाई बिक्री गर्नेछ ।

दश वर्ष अवधिको उक्त “प्रभु बैंक डिबेञ्चर २०८६” नामक ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशतका दरले ब्याजदर प्राप्त गर्नेछन्। उक्त ऋणपत्र २०८६ सालमा परिपक्व हुनेछ ।

बैंकले जारी गर्न लागेको ऋणपत्रमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।

लगानीयोग्य रकम अभाव हटाउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चालु आर्थिक वर्षभित्र चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो। मर्जरमा जाने बैंकले भने थप एक बर्षको समय पाउनेछन्।

सोही कारण पछिल्लो समय बैंकहरुले ऋणपत्र निष्काशनलाई जोड दिँदै आइरहेका छन्।