माछापुच्छ्रे बैंकको १६ प्रतिशत लाभांश पारित

0
Shares

माछापुच्छ्रे बैंकको असोज २४ गते शुक्रबार सम्पन्न २१ औं वार्षिक साधारण सभाले १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । होटल पोखरा ग्राण्ड पार्दी, कास्कीमा बिहान ११ बजेबाट सुरु भएको सभाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कूल १६ प्रतिशत लाभांश अनुमोदन गरेको हो।

यस्तै सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारी भित्र्याउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गरेको छ।

साधारण सभाका लागि असोज १० देखि असोज २४ गतेसम्म बुक क्लोज गरेको थियो । यसअनुसार असोज ९ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन्।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २५७ स्थानवाट ग्राहक सम्पुर्ण बैकिंङ सुबिधा प्रदान गरिरहेको छ।

बैंकले देशभर १५७ वटा एटीएम सञ्चालन गरेको छ।