कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंक विच प्रिपेडकार्ड जारीका लागि सम्झौता

0
Shares

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंक विच एनपिआरमा प्रिपेड कार्ड जारी गर्नका निमित्त मंगलबार सम्झौता भएको छ ।

उक्त सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि गरांगाईले हस्ताक्षर गरे ।

सम्झौता पश्चात कृषि विकास बैंक मार्फत राष्ट्रिय सहकारी बैंक लि.(एनसिविएल) संग आवद्ध सम्पूर्ण सदस्यहरुलाई प्रिपेड कार्ड उपलव्ध गराइनेछ । यसले ग्रामिण क्षेत्रका दुरदराजमा रहेका सहकारी सदस्यहरुलाई आधुनिक बैंकिङ्गका अत्याधुनिक सेवाबाट लाभान्वित हुने अवसर मिल्ने बताइएको छ ।

उक्त अवसरमा कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले यस सम्झौताले भविष्यमा वित्तीय साक्षरताबाट बन्चित भएको समूहलाई समेत बैकिङ्ग सेवामा आवद्ध गर्न ठूलो मद्दत पुग्ने बताए । त्यस्तै सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि गरांगाईले यस सम्झौताले दुर्गम ग्रामिण क्षेत्रहरुमा रहेका वासिन्दाहरुको जीवन सहज र सरल सहित बैकिङ्ग पहुंचमा वृद्धि हुने विस्वास व्यक्त गरे ।