हुण्डी कारोवारमा संलग्न दुई पक्राउ, १३ लाख नगद बरामद

0
Shares

विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ नं. ढाटबाट एक भारतीय नागरिकबाट अवैध रुपमा ल्याएको दुई लाख भारतीय रुपैयाँसहित प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार भारत उत्तर प्रदेश बस्ने २४ वर्षीय आसुतोष सोनीको झोला परीक्षणको क्रममा उक्त रकम फेला परेको हो।

यसैगरी प्रहरीले गोप्य सूचनाको आधारमा विराटनगर महानगरपालिका–४ स्थित कन्चनबारी चोकमा अवैध हुण्डी कारोवार गर्ने सुनसरीको बर्जु गाउँपालिका–३ बस्ने २४ वर्षीय उमाकान्त रायले बोकेको झोला परीक्षण गर्दा १० लाखसहित विभिन्न बैंकको चेकबुक सहित सोमबार साँझ पक्राउ गरेको छ। दुबै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीको इटहरीमा बुझाइएको छ।