सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन, कार्तिक ७ गते साधारणसभा

0
Shares

नेपाल स्टक एक्सचेन्जले बुधबार सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन गरेको छ । बैंकले गत बर्षको मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनसपछिको शेयर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।

बोनस समायोजन पश्चात कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३०७ रुपैयाँ २७ पैसा तोकिएको छ ।

बैंकले आगामी कार्तिक ७ गतेका लागि सभा आह्वान गरेको साधारणसभा प्रयोजनको लागि आज असोज २९ गते बुक क्लोज गरेको छ । जस अनुसार असोज २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्ने छन् ।

बैंकले आर्थिक वर्ष ७५/७६ को मुनाफबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश गरि कुल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल सिद्धार्थको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ । प्रस्तावित बोनसपछि पूँजी ९ अर्ब ७७ करोड पुग्नेछ ।