फर्स्ट माइक्रोफाइनान्सको १७ प्रतिशत बोनस लाभांश पारित

0
Shares

फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको मंगलबार सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने १७ प्रतिशत बोनस प्रस्ताव पारित गरेको छ । साथै बोनसको कर प्रयोजनका लागि नगद समेत वितरण गर्ने भएको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने कर बापतको ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लगेको थियो । जस अनुसार कम्पनीले बोनस र नगद गरी कुल १२ करोड २४ लाख ७० हजार ४६९ रुपैयाँको लाभांश वितरण गर्नेछ ।

लघुवित्तले साधारणसभा प्रयोजनका लागि असोज १४ गते देखि असोज २८ गतेसम्मका लागि शेयर दाखिल खारेज दर्ता बन्द (बुकक्लोज) गरेको थियो । यसअनुसार असोज १३ गते कायम शेयरधनीले उक्त लाभांश पाउनेछन्।

लघुवित्तको चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार रुपैयाँ छ । बोनस पश्चात चुक्ता पूँजी ८० करोड ७ लाख ४० हजार पुग्नेछ। लघुवित्तले अघिल्लो वर्ष शेयरधनीलाई १२.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

यसैगरि लघुवित्तको साधारणसभाले गत आवको नाफा नोक्सान हिसाब,आव २०७६/७७ का लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने तथा लघुवित्तको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ । साथै साधारणसभाले रिक्त पदमा साधारण शेयरधनीको तर्फबाट एक जना संचालक समेत चयन गरेको छ ।