नेप्से सूचक र कारोबार रकम दुवैमा गिरावट

0
Shares

केहि महिना यतादेखि निक्कै अस्थिर देखिएको शेयर बजारमा अझै सुधारको संकेत देखा पर्न सकेको छैन् । मंगलबार ५ अंकले बजार बढेपनि बुधबार पुन ५ अंकले नै घटेको छ ।  

बुधबार नेप्से ५.०१ अंकले घटेर ११३७.०३ अंकमा झरेको छ। बजार सुधार हुन नसक्दा कारोबार रकम १९ करोड ६६ लाख रुपैयाँमै सिमित भएको छ। अघिल्लो दिन २२ करोड बढीको शेयर किनबेच भएको थियो ।

कारोबारमा आएका एघार उप समूहमध्ये विकास बैंक, जलविद्युत कम्पनी र म्युचुअल फण्डको सूचकमा सामान्य सुधार देखिए पनि अन्य सूचक भने घटेका छन्। यसदिन ८ वटा उपसमूहका सूचक ऋणात्मक रहे।

चालु आर्थिक बर्षको पहिलो त्रैमासको सकिन लागेकाले पनि लगानीकर्तामा बैंकहरुबाट लिएको ऋणको साँवा र ब्याज तिर्ने दबाब छ। यसले शेयरको बिक्री चाप बढाएको छ । जसले बजार उकालो लाग्न सकेको छैन् ।

यसदिन प्रभु बैंकको सबैभन्दा धेरै ५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। बुधबारको बजारबाट ग्लोबल आइएमई समुन्नत योजनको इकाइ मूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले बढेकोे छ। सिद्धार्थ बैंकको शेयरमूल्य सबैभन्दा धेरै ४.३२ प्रतिशत ले ओरालो लागेको छ ।