सनराइज बैंकको १५.८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

सनराइज बैंकले घोषणा गररेको गत आर्थिक बर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले कार्तिक १५ गते हुने साधारणसभाप्रयोजनको लागि कार्तिक १ गते बुक क्लोज गर्दैछ ।

जस अनुसार आज अर्थात असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउने सक्ने छन् ।
बैंकले साधारण सभामा गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ५.८ प्रतिशत नगद लाभंश गरि कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस तथा ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश बाँड्नेछ । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब १५ करोड रहेको छ ।