महुली लघुवित्तले २० प्रतिशत बोनस सहित प्रस्ताव गर्यो ३१.५७ प्रतिशत लाभांश

0
Shares

महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ। लघुवित्तले शेयरधनीलाई २० प्रतिशत तथा ११.५७९ प्रतिशत नगद गरी कुल ३१.५७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

लघुवित्तले हाल कामय चुक्ता पूँजी १० करोड २० लाख रुपैयाँ छ । जस अनुसार लघुवित्तले २ करोड ४ लाख रुपैयाँ बराबरको बोनस र एक करोड १८ लाख १० हजार ५८० रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत पश्चात कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र शेयरधनीलार्य वितरण हुनेछ ।
गत आर्थिक वर्षको चौथों त्रैमाससम्ममा लघुवित्तले ४ करोड २९ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा पनि २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हाल महुलीकोे चुक्ता पूँजी १० करोड २० लाख रुपैयाँ छ । बोनस वितरण पछि लघुवित्तको पूँजी १२ करोड २४ लाख रुपैयाँ पुग्नेछ ।