मार्जिन कारोबारको अनुमति पाएका २१ मध्ये ८ ब्रोकर कम्पनीले मात्र गरे नविकरण

0
Shares

नेपाल स्टक एक्सचेञ्जबाट मार्जिन कारोबार गर्ने अनुमति पाएका २१ ब्रोकर कम्पनीहरुमध्ये ८ वटा ब्रोकर कम्पनीहरुले मात्रै चालु आवका लागि अनुमतिपत्र नविकरण गराएको नेप्सेले जनाएको छ ।

नेप्सेले गत आर्थिक बर्षमा २१ वटा सदस्य दलाल व्यवसायीहरुलाई मार्जिन कारोबारका लागि अनुमतिपत्र प्रदान गरेको थियो । सो मध्ये आर्थिक वर्ष २०७६र०७७ का लागि ८ ब्रोकर कम्पनीहरुले मात्र अनुमतिपत्र नविकरण गरेका हुन्।

नेप्सेका अनुसार क्रिष्टल कन्चनजंघा सेक्युरिटिज, सेक्युर्ड सेक्यूरिटीज, भिजन सेक्युरिटिज कम्पनी, नेपाल स्टक हाउस, प्राइमो सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटीज र दिपशिखा धितोपत्र कारोबार कम्पनीले मार्जिन कारोबार गर्ने अनुमतिपत्र नविकरण गराएका छन् ।