सनराइज बैंकले ३ अर्बको ऋणपत्र जारी गर्ने, ब्याजदर वार्षिक १०.२५ प्रतिशत

0
Shares

सनराइज बैंकले नेपाल धितोपत्र बोर्डबाट तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने अनुमति पाएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरको तीस लाख युनिट ऋणपत्र बिक्री गर्ने भएको हो ।

सात वर्ष भुक्तानी अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशत व्याजदर प्राप्त प्रदान गर्नेछ । ब्याज भुक्तानी अर्धवार्षिक रmपमा हुने बैंकले जनाएको छ।

कूल निष्काशन हुने तीस लाख युनिटमत्तध्ये १२ लाख कित्ता बराबरको एक अर्ब बिस करोड रुपैँयाको ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशन हुनेछ । एक अर्ब अस्सी करोड रुपैँया बराबरको १८ लाख कित्ता बराबरको ऋणपत्र परिपत्र विधिबाट संस्थागत/व्यक्तिहरुलाई बिक्रि खुल्ला गरिने बैंकले जनाएको छ ।

सिद्घार्थ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिनेछ ।

केयर रेटिङ नेपाल लिमिटेडलेले न्युन कर्जा जोखिम जनाउने केयर एनपि ए माईनस रेटिङ्ग प्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागी आबेदन गर्न पाउनेछन् तर व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले जनाएको छ ।

हाल सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब भन्दा बढीे छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर, १४२ वटा एटिएम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।