शेयर कारोबारमा सुधार तर बढेन बजार

0
Shares

अघिल्लो दिनको तुलनामा सोमबारको शेयर कारोबारमा सुधार आएपनि सूचक भने बढ्न सकेन ।

यसदिन १.३३ अंकले नेप्से सूचक घटेको छ भने आइतबारको तुलनामा कारोबार रकम ५ करोड बढीले उकालो लागेको छ ।

आइतबार कूल ११ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको शेयर बजारमा सोमबार १६ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो । सोमबार १४५ कम्पनीको शेयर किनबेच भएको छ ।

जसमध्ये सबैभन्दा बढी प्रभु बैंकको शेयर किनबेच भयो । प्रभु बैंकका एक करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको नेप्से १.३३ अंकले घटेर ११३२ अंकमा झरेको छ ।कारोबार भएका ११ समूहमध्ये ६ समूहका सूचक बढेका छन् भने बाँकी ५ वटा समूह ओरालो लागेका छन् ।

घोडीघोडा लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.८१ प्रतिशतले बढेको छ भने एभरेष्ट बैंकको कन्र्भिटियल शेयरको मूल्य सबैभन्दा धेरै नौ प्रतिशत बढीले ओरालो लागेको छ ।