नेपालको पूँजी बजारको दायरा फराकिलो बनाउन आवश्यक : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्र मार्फत जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, शहरी पुर्वाधार लगायतका क्षेत्रमा समेत नेपालमा लगानी गर्न अन्तर्रािष्ट्रय निकायलाई आग्रह गरेका छन् ।

विश्व बैंक समूह तथा अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक वैठकको दोस्रो दिन वोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागी अर्थमन्त्री खतिवडाले अन्तराष्ट्रिय वित्त निगमका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्ष लगायतका उच्च पदाधिकारीहरुसंग सो आग्रह गरेका हुन् ।

उनले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउंदै निजी क्षेत्रलाई थप सवल तथा सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरुको विविधिकरण गर्नुपर्ने विषयमा जोड दिए।

उनले पूर्वाधार विकासको लागि मध्यम तथा दिर्घकालिन अवधिको वित्त परिचालन गर्ने विषयमा निगमको ध्यानाकर्षण गराए ।

साथै बैंकको ट्रेजरी हेर्ने उपाध्यक्ष लगायतको उच्च पदाधिकारीहरसंगको भेटमा उनले नेपालको पूँजी बजार सानो भएकाले यसको दायरा फराकिलो बनाउन आवस्यक भएको विषयमा जोड दिदै वचत र लगानी वीचको ठुलो अन्तर घटाउन विदेशी पूंजी परिचालन जरुरी भएको बताए ।

उनले दक्षिण एसियामा सडक सुरक्षा सम्बन्धी एक कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागिता जनाउदै सडक सुरक्षाका लागि सडक निर्माण भन्दा अगाडि अपनाउनुपर्ने डिजाइन तथा इन्जिनियरिङ्गपक्ष, सवारीसाधनकोभारवहन क्षमता, सडक प्रयोगकर्ताको ज्ञानकोस्तर,सवारी साधनको परिक्षण र यातायात क्षेत्रको नियमन जस्ता विषयमा ध्यान पुर्याउनुपर्ने बताए।