समाज लघुवित्तले हकप्रद जारी गरेर आइपीओ निष्काशन गर्ने

0
Shares

समाज लघुवित्त वित्तीय संस्थाले हकप्रद तथा साधारण शेयर निष्कासन गर्ने प्रस्ताव राखेर कात्तिक २९ गते प्रथम साधारण सभा बोलाएको छ । लघुवित्तको साधारण सभा जानकी फेमली होटल एन्ड लज मलंगवा, सर्लाहीमा हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी हाल कायम २ करोड रुपैयाँ छ । उक्त पूँजीको १ः२ अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूँजी ६ करोड रुपैयाँ पुर्याउने पस्ताव गरेको छ । त्यसपछि कम्पनीले आइपीओ जारी गर्ने जनाएको छ । त्यस्तै लघुवित्तले अधिकृत पुँजी ४ करोड बाट वृद्धि गरी १० करोड पुर्याउने प्रस्ताव पनि साधारण सभामा लग्दैछ ।

लुघवित्तले आर्थिक वर्ष २०७४/७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेका छन् ।

यसैगरी, सभामार्फत कम्पनीले अन्य कुने वित्तीय संस्थासँग गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ती प्रयोजनका लागि सञ्चालक समितिका अध्यक्षलाई अख्तिायारी प्रदान गर्नेछ ।