एनएमबि लघुवित्तको १५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्थाले यहि कार्तिक २४ गतेदेखि निष्काशन गर्न लागेको १५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हकप्रद प्रयोजनका लागि कम्पनीले कात्तिक ७ गते बिहीबार बुक क्लोज गर्देछ ।

जस अनुसार कम्पनीको हकप्रद खरिदका लागि आजसम्म शेयरधनी बन्नुपर्नेछ । लघुवित्तले कात्तिक २४ गतेदेखि १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।

लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

हाल १६ करोड २० लाख ६ हजार २५० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशनपछि ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड ५२ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा कायम गरेको छ ।