सिद्धार्थ बैंकको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्जमा सिद्धार्थ बैंकको २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख किक्ता ऋणपत्र सूचीकृत भएको छ ।

बैंकले गते भदौ ५ गतेदेखि भदौ १९ गतेसम्म ‘१०.२५ प्रतिशत सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नामक २ अर्ब ५० करोड रुपैयाँ बारबरको ऋणपत्र बिक्री गरेको थियो ।

बैंकले ऋणपत्रको २५ लाख इकाईमध्ये एक अर्ब बराबरको १० लाख इकाई सर्वसाधारणका लागि तथा एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई व्यक्तिगत तवरबाटै संस्थाहरुलाई बिक्री गरेको थियो ।

७ वर्ष अवधिको ‘सिद्धार्थ बैंक डिबेन्चर २०८३’ ऋणपत्रमा बार्षिक १०.२५ प्रतिशत ब्याज उपलब्ध गराउने बैंकले जनाएको छ । ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।