राष्ट्र बैंकको निर्देशनपछि इन्फिनिटी लघुवित्तले संशोधन गर्यो लाभांश

0
Shares

इन्फिनिटी लघुवित्तले राष्ट्र बैंकको निर्देशनपश्चात यस अघि घोषणा गरेको लाभांश परिमार्जन गरेको छ ।

कम्पनीले यस अघि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
यसलाई संशोधन गरेर अब कम्पनीले १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ।

कम्पनीको प्रस्ताव गरेको संशोधित लाभांश राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

अब कम्पनीले २ करोड ७ लाख ४० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, १ करोड ३ लाख ७० हजार रुपैयाँ नगद बाँड्नेछ ।
हाल इन्फिनिटी लघुवित्तको चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ छ । बोनस वितरणपछि २२ करोड ८१ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।