तिहार नजिकिएपछि शेयर बिक्रीको चाप घट्दा सूचक सकारात्मक

0
Shares

तिहार नजिकिएपछि दोस्रो बजारमा शेयर बिक्रीको चाप घट्दा नेप्से सूचकमा सकारात्मक प्रभाव परेको छ ।

तिहार अघि बिक्री गरेको शेयरको रकम तिहार अगावै नपाइने हुँदा शेयर बिक्रीको चाप घटेको हो । तिहार अघि अब एक दिन भोलि विहीबार मात्र शेयर किनबेच हुनेछ ।
बुधबार नेप्से सूचक ७.७९ अंकले सुधार भएको छ । यसदिन १६ करोड ३७ लाख रुपैयाँ बरारबको शेयर किनबेच भयो । १५३ वटा कम्पनीको शेयर खरिद बिक्री भएको बजारमा ८३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३८ वटाको घटेको छ।

कारोबारमा आएका एघारवटै उप समूहका सूचक सकारात्मक बन्दा बजार बढेको हो । यस दिन हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै १.७३ प्रतिशतले बढेको छ भने अन्य दुई उपसमूहको सूचक पनि १ प्रतिशतभन्दा धेरैले बढेका छन्।

यस दिन प्रभु बैंकको सबैभन्दा धेरै २ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । नेको इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ५.९८ प्रतिशतले बढेको बजारमा सबैभन्दा धेरै दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.३५ प्रतिशतले घटेको छ ।