कञ्चन डेभलपमेन्ट बैंकको नाफा झण्डै १७ प्रतिशतले बढ्यो

0
Shares

कञ्चन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास अर्थात असोज मसान्तसम्म एक करोड ३९ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १६.७४ प्रतिशतले बढी हो ।

गत आर्थिक बर्षको असोज मसान्तसम्म बैंकले १ करोड १९ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्मा बैंकले ५ अर्ब ८१ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४ अर्ब ५९ करोड २१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। जसबाट बैंकले ७ करोड २५ लाख खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाहमा आएको वृद्धिले ब्याज आम्दानीका साथै संचालन नाफामा बढोत्तरी भएको छ । तर बैंकको कर्मचारी खर्च तथा अन्य संचालन खर्च समेत बढेको छ ।

५३ करोड १३ लाख रुपैयाँ चुक्त पूँजी रहेको बैंकको जगेडा कोषमा ८ करोड ४९ लाख रुपैयाँ सञ्चित छ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी १० रुपैयाँ ५३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७६ पैसा र मूल्य आम्दानी अनुपात १६.२३ गुणा छ। बैंकको निष्कृय कर्जा अनुपात १.४६ प्रतिशतमा झरेको छ ।