आरएमडीसी लघुवित्तको २५ प्रतिशत लाभांश, बोनस र नगद बराबर

0
Shares

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।

संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १२.५ प्रतिशत बोनस शेयर र त्यतीनै नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल लघुवित्तको चुक्तापुँजी ७९ करोड ९३ लाख ९८ हजार ६०० रुपैयाँ छ । जस अनुसार लघुवित्तले ९ करोड ९९ लाख २४ हजार ८२५ रुपैयाँ बराबरको बोनस सेयर र कर सहित त्यतीनै नगद लाभांश वितरण गर्ने भएको हो।  बोनस पश्चात पूँजी ८९ करोड ९३ लाख रुपैयाँ पूग्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति पछि कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।

अघिल्लो आर्थिक वर्ष लुघुवित्तले १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो।