स्पर्श लघुवित्तले पहिलो त्रैमासमा कमायो ५५ लाख मुनाफा

0
Shares

गत आर्थिक बर्षको पहिलो त्रैमासमा नोक्सानमा रहेको स्पर्श लघुवित्तले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५५ लाख मुनाफा गरेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्त ३२ लाख रुपैयाँ नोक्सानीमा थियो ।

नाफा कमाउने क्रममा लघुवित्तले सदस्यहरुबाट १९ करोड २६ लाख निक्षेप तथा ७० करोड ६७ लाख बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर ९५ करोड ५६ लाख कर्जा लगानी गरेको छ। यसबाट लघुवित्तले १ करोड ४२ लाख खुद ब्याज आम्दानी गरेको छ।

गत आर्थिक वर्षमा आइपीओ जारी गरी ८ करोड २९ लाख ६३ हजार चुक्ता पुँजी पुर्याएको लघुवित्तले जगेडा कोषमा २ करोड १३ लाख ३५ हजार राखेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ २१ पैसा तथा निष्कृय कर्जा ०.६२ प्रतिशत छ ।