एनएमबि माइक्रोको १५० प्रतिशत हकप्रदपछिको शेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा बिहीबार एनएमबि माईक्रोफाइनान्सको शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले बिक्री गर्न लागेको १५० प्रतिशत हकप्रदको पछिको शेयरमूल्य समायोजन गरिएको हो ।

नेप्सेले लघुवित्तको समायोजित शेयरमूल्य प्रतिकित्ता ५०२ रुपैयाँ कायम गरेको छ। यसैका आधारमा बिहीबारको कारोबार हुनेछ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरले २४ करोड ३० लाख ९ हजार ३७५ रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद जारी गर्न लागेको छ ।

हाल १६ करोड २० लाख चुक्ता पूँजी रहेको लघुवित्तको यस हकप्रद निष्काशनपछि पूँजी ४० करोड ५० लाख पुग्नेछ।