तिहार अघिको अन्तिम शेयर कारोबारमा उत्साह, सूचकमा करिब ७ अंकको सुधार

0
Shares

तिहार अघिको अन्तिम कारोबार दिन शेयर बजार सूचकमा सुधार आएको छ भने कारोबार रकममा समेत उल्लेखीय बढोत्तरी आएको छ । बिहीबार शेयर बजार करिब ७ अंकले बढ्दा ३२ करोड बढीको कारोबार भयो ।

नेप्से सूचक बिहीबार ६.७३ अंकले बढेर ११४९.३४ विन्दुमा पुगेको छ । १५५ कम्पनीको ३२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । कुल १२ लाख ४ हजार १५ कित्ता शेयर खरिदबिक्री भएको बजारमा कारोबार रकम अघिल्लो दिनको भन्दा झण्डै दोब्बर हो ।

यसदिन निर्जीवन बिमा बाहेक कारोबार भएका बाँकी सबै समूहका सूचक बढेका छन् । वाणिज्य बैंक समूह ६.६३ अंकले माथि लागेको छ । कारोबार रकममा माछापुच्छ्रे बैंक अग्रस्थानमा छ । माछाको ७ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

अरुण भ्याली हाइड्रपावरका लगानीकर्ताले सबैभन्दा धेरै ८.३३ प्रतिशले कमाएका छन् । अरुण काबेली हाइड्रोपावरका लगानीकर्ता ५.७९ प्रतिशतले घटेको छ ।