शिवम् सिमेन्ट्सको १५ प्रतिशत लाभांश पारित

0
Shares

शिवम् सिमेन्ट्स लिमिटेडलेको चौंथो वार्षिक साधारण सभाले प्रतिशेयर १५ प्रतिशत (कर बाहेक) नगद लाभांश पारित गरेको छ ।  शिवम् सिमेन्ट्सको कार्तिक ८ गते शुक्रबार कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतमा सम्पन्न सभाले संचालक समितिको तर्फबाट शेयरधनीलाई प्रस्ताव गरिएको ६९ करोड ४७ लाख३८ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

नेपाल कै अग्रणी सिमेन्ट उत्पादक कम्पनी अध्यक्षज्यूले प्रस्तुत गरेका आ.व. २०७५/०७६ को वार्षिक प्रगतिप्रतिवेदन, लेखापरीक्षको प्रतिवेदन सहितका संलग्न विवरणहरु, आ. व. २०७६/०७७को आय व्ययको लेखापरीक्षण गर्न सुभाष एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्स, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित पनि गरेको छ।

उक्त साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी आगामी ४ बर्षे कार्यकालका लागि ५ जना सञ्चालकहरुको निर्विरोध निर्वाचन समेत गरेको छ । संचालकहरु सुरेन्द्र कुमार गोयल, रघुनन्दन मारु, सन्दिपकुमार शारडा, अमितमोर र रोहित गुप्ता निर्विरोध निर्वाचित भएका हुन्। पाँचै जना संचालकहरु पूनःनिर्विरोध निर्वाचित भएका हुन्।

संचालकहरुको बैठकले नवनिर्वाचित सञ्चालक सुरेन्द्र कुमार गोयललाई कार्यकारी अध्यक्ष र रघुनन्दन मारुलाई कार्यकारी सञ्चालकको पुनःजिम्मेवारी दिँदै ६ सदस्यीय सञ्चालक समितिको गठन समेत सम्पन्न गरेको छ।

गत बैशाख ९ गते सम्पन्न भएको कम्पनीको आ. व. २०७४/०७५ को बार्षिक साधारण सभाबाट सर्व साधारण शेयरधनी समूहको तर्फबाट श्रीमती अलका गोयललाई ४ बर्षका लागि सञ्चालकमा निर्वाचित गरेको थियो ।  अब कम्पनीको स्वीकृत नियमावली बमोजिम १ जना स्वतन्त्र व्यावसायिक संचालकको मनोनित हुन बाँकी रहेको छ । व्ययसायिक संचालक मनोनित गरेपछि ७ सात सदस्यीय संचालक समिति पूर्ण हुनेछ।