मिर्मिरे लघुवित्तको खुद नाफामा उल्लेखीय सुधार, जगेडा कोष झनै बलियो

0
Shares

मिर्मिरे लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा २६७.३३ प्रतिशतले बढाएको विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा १ करोड ५५ लाख रुपैयाँले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ५८ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार हुँदा खुद नाफा उल्लेखीय रुपमा बढेको हो। गत वर्ष २ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिमा ५ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

लघुवित्तले ८३ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६३ करोड रुपैयाँ सापटीमार्फत २ अर्ब ४५ करोड ऋण प्रवाह गरेको छ ।

लघुवित्तको चुक्ता पूँजी १० करोड ३८ लाख रुपैयाँबाट १२ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ११ करोड ६३ लाख रुपैयाँ राखेको छ । जसको प्रतिशेयर आम्दानी ६६ रुपैयाँ ३७ पैसा तथा प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ३१ पैसा छ।