सामुदायिक लघुवित्तले ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने

0
Shares

सामुदायिक लघुवित्तले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको बैठकले लगानीकर्तालाई ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.६८ प्रतिशत नगद लाभांश गरि कुल ३३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै कम्पनीले चुक्ता पूँजीको दुई बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत गरेको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।