एनएमबि लघुवित्तले प्रस्ताव गर्यो गत आर्थिक वर्षको लाभांश

0
Shares

एनएमबि लघुवित्तले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ। कम्पनीले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले निष्काशन प्रक्रियामा रहेको हकप्रदले समेत पाउने गरि लाभांश प्रस्ताव गरेको हो। लघुविले १:१.५ को अनुपातमा १५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।

प्रस्तावित लाभांश राष्ट बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ।

लघुवित्तले कार्तिक २४ गतेदेखि चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ। लघुवित्तको हकप्रद र बोनसपछि चुक्ता पूँजी ४५ करोड ३६ लाख रुपैयाँ पुग्नेछ।