नेपाल सेवा लघुवित्तको सीईओद्धारा पदभार ग्रहण

नेपाल सेवा लघुवित्तको सीईओद्धारा पदभार ग्रहण

नेपाल सेवा लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्त बहादुर शाक्यले कार्तिक १४ गते बिहीबारदेखि पदभार सम्हालेका छन्।
लघुवित्त कम्पनी सञ्चालक समितिको कार्तिक ८ गते सम्पन्न ९७ औं बैठकले कामपा वडा नम्बर १५ सानो भर्याङ्ग निवासी शाक्यलाई ४ वर्षका लागि संस्थाको सीईओमा नियुक्त गरेको थियो।

सो बैठकले अर्को व्यवस्था नभएसम्मको लागि कम्पनी सचिवको जिम्मेवारी समेत शाक्यलाइ नै दिइएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७६, बिहीबार १७ : ०८ बजे