बीस रुपैयाँका ४ अर्ब ८० करोडको नयाँ नोट छाप्न अन्तराष्ट्रिस्तरको बोलपत्र आह्वान

0
Shares

नेपाल राष्ट्र बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको नयाँ नोट छाप्नका लागि अन्तराष्ट्रिस्तरको बोलपत्र आह्वान गरेको छ। केन्द्रीय बैंकले २० रुपैयाँ अंकित दरका २४ करोड थान नयाँ नोट छाप्न टेण्डर आब्हान गरेको हो।

हरेक नोट तीन वर्षका लागि छपाउने राष्ट्र बैंकको प्रचलनअनुसार आगामी तीन वर्षका लागि हुने गरी नयाँ नोट छाप्ने बोलपत्र आह्वान गरिएको हो। राष्ट्र बैंकले एक सूचना जारी गर्दौ उक्त नोटको डिजाइन, छपाइ र आपूर्तिको समेत काम गर्नका लागि टेण्डर आह्वान गरेको जनाएको छ।केन्द्रिय बैंकले सार्वजनिक खरिद नियमावलीले गरेको व्यवस्था अनुरुप अन्तराष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको हो । 

गत शनिवार प्रकाशित गरेको सूचना अनुसार नोट छपाई गर्न इच्छुक तथा तोकिएको प्रक्रिया पूरा गरेका बैंक नोट प्रिन्टिङ कम्पनी तथा सेक्युरिटी प्रिन्टिङ कम्पनीहरुले १० डिसेम्बर २०१९ सम्ममा आवेदन दिइसक्नुपर्ने उल्लेख छ। बोलपत्र सोही दिन खोलिने समेत जनाएको छ।बैंकले नोट छपाइको जिममा पाउने कम्पनीले २०२० को मे ७ सम्ममा नोट छापिसक्नुपर्ने जनाएको छ ।

नेपाली नोट छाप्न बैंकले बोलपत्र आह्वान गरे पनि नेपालमा भने सुरक्षित मुद्रण नभएका कारण अन्तर्राष्ट्रिय कम्पनीहरुले मात्र बोलपत्रमा सहभागी हुन पाउनेछन्।

यसअघि सन् २०१६ मा समेत केन्द्रीय बैंकले २० रुपैयाँ दरका नोट २१ करोड थान नोट छापेको थियो । यसअघि चीन, वेलायत लगायतमा रहेका कम्पनीहरुले नेपाली नोट छाप्ने गरेका थिए ।

टेण्डर सूचनाको विस्तृत विवरण यहाँबाट हेर्नुहोस्