सनराइज बैंकको आज हुने बाह्रौँ वार्षिक साधारण सभाले पारित गर्दैछ यस्ता एजेन्डा

0
Shares

सनराइज बैंकको आज हुने बाह्रौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश अनुमोदनका साथै विभिन्न प्रस्ताव पारित गर्दैछ ।

बैंकले बिहान १० बजे नक्साल बैंक्वेट, नक्साल, काठमाडौँमा साधारण सभा बोलाएको छ। साधारण सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५.८० प्रतिशत नगद लाभांश वितरणको एजेन्डा पारित गर्नेछ ।

त्यसैगरी अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि कात्तिक १ गते बुकक्लोज गरेको थियो। यसअनुसार असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

बैंकले ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस तथा ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश बाँड्नेछ । हाल बैंकको चुक्ता पूँंजी ८ अर्ब १५ करोड रहेको छ ।