हिमालयन बैंकको सहायक कम्पनी हिमालयन क्यापिटलले थाल्यो कारोबार

0
Shares

हिमालयन बैंकको सहायक कम्पनी हिमालयन क्यापिटलले औपचारिक कारोबार थालेको छ । शुक्रबार एक कार्यक्रमबीच बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले क्यापिटलकको समुद्घाटन गर्दै सेवा शुभारम्म गरेको घोषणा गरेका हुन् ।

हिमालयन बैंकको पूर्ण स्वामित्वमा रहेको हिमालयन क्यापिटललको चुक्ता पूँजी २० करोड रुपैयाँ छ ।

कम्पनीले मर्चेन्ट बैकिङ तथा इन्भेष्टमेन्ट सम्बन्धी सबै काम गर्नेछ । हिमालयन क्यापिटलले नेपाल धितोपत्रबोर्ड बाट गत श्रावण २६ गते सम्पूर्ण मर्चेन्ट बैंकिग कारोबार गर्ने इजाजत पाएको थियो ।

साथै कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रेशन, अन्डरराटिङ, पोर्टफोलियो म्यानेजमेन्ट, कर्पोरेट एडभाइजरीको काम तथा डिपी सेवा प्रदान गर्ने अनुमति लिइएको बैंकका अध्यक्ष श्रेष्ठले बताए ।

क्यापिटल संचालक समितिका अध्यक्ष सुशिल जोशीले ग्राहकलाई आधुनिक मर्चेन्ट बैंकिगं सेवा उपलब्ध गराउने र देशको अर्थतन्त्रको दिगो विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । साथै उनले निकट भविष्यमै क्यापिटलले हिमालयन म्युचुअल फण्ड तथा अन्य लगानीकोषहरु संचालनगरी ग्राहकलाई विशिष्टीकृत सेवा प्रदान गर्ने जानकारी दिए ।

त्यस्तै, उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले कम्पनीले ग्राहकको सन्तुष्ट्रिीलाई आत्मसाथ गर्दे सम्पूर्ण धितोपत्र बजारलाई सकारात्मक योगदान दिन कटिबद्ध रहने प्रतिवद्धता व्यक्त गरे ।

क्यापिटललको अध्यक्षमा बैंकका तर्फबाट सुशिल जोशी र अन्य संचालकमा सुनिल गोर्खाली तथा सतिशराज जोशी रहेका छन् । कम्पनीको मुख्य कार्यालय ठमेलमा रहनेछ ।