महालक्ष्मी विकास बैंकले शेयर संरचना परिमार्जन गर्ने, लाभांश पारित गर्न बोलायो साधारण सभा

0
Shares

महालक्ष्मी विकास बैंकले संस्थापक तथा साधारण शेयरधनीको शेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकले शेयर संरचना परिमार्जनका साथै गत आर्थिक बर्षको लाभांश पारित गर्न यहि कार्तिक २९ गते साधारणसभा बोलाएको छ ।

बैंकको अठारौ बार्षिक साधारण सभाले गत आर्थिक बर्षको संचित नाफाबाट बोनस तथा कर सहित १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले हाल कायम चुक्तापूँजीको आठ प्रतिशत बोनस र उक्त बोनसमा लाग्ने कर समेत गरी ९.८९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

बैंकको साधारण सभा अल ईन वान मार्ट, क्राउन वेङक्वेट मिनभवन काठमाडौंमा विहान १० बजे सुरु हुनेछ ।

साथै बैंकले संचालक समितिको प्रस्ताव बमोजिम बैंकको शेयर स्वामित्व परिवर्तनगरी संस्थापक समूहको ५२.४९ प्रतिशत तथा सर्वसाधारण समूहको ४७.५१ प्रतिशत कायम गर्ने भएको छ । हाल बैंकमा संस्थापकको ५३.९८ प्रतिशत तथा सर्वसाधारणको ४६.२ प्रतिशत शेयर कायम रहेको छ ।

यसैगरी बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि संचालन समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि बैंकले यहि कार्तिक २० गते शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । जस अनुसार कार्तिक १९ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।