लक्ष्मी बैंकले दश प्रतिशत बोनससहित १५ प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई बोनस तथा नगदसहित १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको कार्तिक १७ गते आइतबार बसेको बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ ।

हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड छ । जस अनुसार बैंकले ८९ करोड २० लाख ५० हजार ९०० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

अघिल्लो आर्थिक वर्ष बैंकले ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।