आरएसडीसीले १६ प्रतिशत लाभांश पारित गर्न मंसिर १३ मा बोलायो साधारण सभा

0
Shares

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको प्रस्तावित लाभांश पारित गर्न मंसिर १३ गते बार्षिक साधारण सभा बोलाएको छ ।

संस्थाले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ रहेको छ । जस असनुसार कम्पनीले ३ करोड ८० लाख १० हजार ७२० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ६ करोड ३३ लाख ५१ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ।बोनस वितरण गरेपछि लघुवित्तको चुक्ता पूँजी ६७ करोड १५ लाख रुपैयाँ पुग्नेछ।

साथै सधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा छलफल, लेखापरीक्षक नियुक्त, पारिश्रमिक निर्धारण गर्ने तथा अन्य कुनै वित्तीय संस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा समेत साधारण सभामा पेश गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कार्तिक २९ गते देखि बुक क्लोज गर्ने भएको छ। त्यस अनुसार कार्तिक २८ गते सम्म कायम शेयरधनीले मात्रै लघुवित्तको लाभांश पाउनेछन्।