एलआईसीले लिलामीमा राखेको नागरिक लगानी कोषको ५० हजार कित्ता शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

नागरिक लगानीको कोषको लिलामीमा रहेको ५० हजार कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको स्वामित्वमा रहेको कोषको संस्थापक शेयर असोज २८ गतेदेखि लिलामीमा राखिएको थियो ।

इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको शेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुलाई न्यूनतम प्रतिकित्ता एक हजार ५९५ रुपैयाँ तोकी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आह्वान गरेको छ ।

इच्छुक आवेदकले न्यूनतम १०० कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतम ५० हजार कित्तासम्मका लागि शेयर कात्तिक १८ गते भित्र बोलपत्र पेश गर्नुपर्नेछ ।

आइतबार नागरिक लगानी कोषको शेयर प्रतिकित्ता एक हजार ७९२ रुपैयाँको हाराहारीमा कारोबार भएको थियो ।

लिलामी शेयरका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङको हात्तीसार काठमाण्डौ, एलआईसी नेपालको केन्द्रीय कार्यालय, पुतलीसडक र नेपाल एसबिआई बैंकका शाखा कार्यालयहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट बोलपत्र बुझाउन सकिने व्यवस्था छ ।