नागरिक लगानी कोषको शेयर संरचना परिवर्तन, राष्ट्र बैंकको स्वामित्व सरकारका नाममा

0
Shares

नागरिक लगानी कोषले पूँजी वढाउनुका साथै पूँजी संरचनामा समेत परिवर्तन गर्ने भएको छ । कोषले नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन नै गरेर पूँजी संरचना परिवर्तन गर्ने प्रस्ताव गरेको हो ।

मस्यौदा अनुसार कोषमा सरकारको २३.३४, विमा संस्थानको ३१.५५, नेपाल स्टक एक्सेचन्जको १०, बैंक, बिमा तथा वित्तीय संस्थाको १५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व रहनेछ । यसभन्दा अघि सरकारको १०, नेपाल राष्ट्र बैंकको ४०, शेयर खरिद बिक्री केन्द्र १०, बैंक तथा संस्थागत लगानीकर्ताको २० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व थियो ।

नागरिक लगानी कोष ऐन २०४७ संशोधन गर्नका लागि बनेको मस्यौदामा राष्ट्रबैंकको केही शेयर सरकारको र केही शेयर बिमा संस्थालाई बिक्री गरेर बाहिरएिको छ भने बिमा संस्थानमा सबैभन्दा धेरै शेयर स्वमित्व लिएर भित्रिएको छ।

यो मस्यौदा राष्ट्रियसभा वाट पारित भैसकेको छ । व्यवस्थापिका संसदमा भने छलफलको क्रममा रहेको नागरिक लगानी कोषका डेपुटि प्रमूख कार्यकारी अधिकृत डा.इन्द्र कट्टेलले नोटबजारलाई बताए । पूँजी संरचनामा र्सस्थागत लगानीकर्तालाइ यसभन्दा अघि २० प्रतिशत दिएको त्यसलाइ पनि मस्यौदामा घटाएर १५ प्रतिशतमा झारीएको उनको भनाइ छ ।

८ करोड अधिकृत पूँजी रहेको कोषको ८ अर्ब बनाउने प्रस्ताव मस्यौदाले गरेको छ ।त्यसैगरी ४ करोडको जारी पूँजीलाइ पनि वढाएर ८ अर्ब नै बनाउने प्रस्ताव मस्यौदामा रहेको छ । कोषले हालको एक अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजीलाई ३ अर्ब बनाउने प्रस्ताव सहितको ऐन संसोधनको मस्यौदा तयार गरेको छ ।

मस्यौदा अनुसार कोषले कुनै विदेशी बैंक वा वित्तीय संस्था वा विदेशी नागरिकलाई शेयर बिक्री वितरण गर्नु पर्ने भएमा नेपाल सरकारको स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ । (ख), (ग) र (घ) समु्हका शेयरधनीले आफूले लिएको शेयर बिक्री गर्नु परेमा कोष मार्फत नेपाल सरकारबाट अनुमति लिनु पर्ने व्यवस्था गरेको छ ।