नेरुडे लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६५ पैसाले वृद्धि

0
Shares

नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड ६९ लाख ६६ रुपैयाँ खुद नाफा गरेको छ । जुन गतवर्षको यसै अवधिको तुलनामा १७१ प्रतिशतले धेरै हो ।

गत वर्ष यसैअवधिमा लघुवित्तको नाफा ९९ लाख २३ हजार रुपैयाँ रहेको थियो ।नेरुडेको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै सुधार भएकाले खुद नाफा बढेको हो ।

नाफमा आएको उच्च सुधारले लघुवित्तको प्रतिशेयर आम्दानी समेत १५ रुपैयाँ ६५ पैसाले बढेर २७ रुपैयाँ १३ पैसा पुगेको छ । गत वषर््ा प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४८ पैसा मात्र थियो ।

चुक्ता पूँजी ३९ करोड ७६ लाख ४७ हजर रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ५१ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ। १५ प्रतिशतले चुक्ता पूँजी बढाएको लघुवित्तको जगेडा ९० प्रतिशतले वृद्धि भएको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात १.७० प्रतिशत रहेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ ०९ पैसा छ भने मूल्य आम्दानी अनुपात १८.३२ गुणा रहेको छ ।