सनराइज बैंकको तीन अर्बको ऋणपत्र कार्तिक २० गतेदेखि बिक्रीमा आउने, कति पाईन्छ ब्याज ?

0
Shares

सनराइज बैंकले यहि कार्तिक २० गतेदेखि ‘१०.२५ सनराइज डिबेन्चर २०८३’ को बिक्री खुला गर्ने भएको छ । बैंकले तीन अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँ अंकित दरले तीस लाख युनिट ऋणपत्र जारी गरेको हो ।

सात वर्ष भुक्तानी अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशत व्याजदर प्राप्त प्रदान गर्ने तथा ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने बैंकले मंगलबार पत्रकार सम्मेलनगरी जानकारी गराएको छ ।

कूल निष्काशन हुने तीस लाख युनिटमध्ये १२ लाख कित्ता बराबरको एक अर्ब बिस करोड रुपैँयाको ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशन हुनेछ । सो मध्ये ६० हजार कित्ता म्युचुल फण्डहरुका लागि छुट्याइएको छ । एक अर्ब असी करोड रुपैँया बराबरको १८ लाख कित्ता बराबरको ऋणपत्र परिपत्र विधिबाट संस्थागत र व्यक्तिहरुलाई बिक्रि खुल्ला गरिने बैंकले जनाएको छ ।

यो ऋणपत्रमा कार्तिक २० गतेदेखि छिटोमा कार्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । छोटो अवधिमा आवश्यक आवेदन नपरे मंसिर १९ गतेसम्म आवेदन खुला रहने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिनेछ ।

केयर रेटिङ नेपाल लिमिटेडलेले न्युन कर्जा जोखिम जनाउने केयर एनपि ए माईनस रेटिङ्ग प्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागी आबेदन गर्न पाउनेछन् तर व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले जनाएको छ ।

हाल सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर, १४२ वटा एटिएम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।