सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घट्यो

0
Shares

पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला २०० ले घटेको छ ।

छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ७१ हजारमा खरिदबिक्री भएको थियो ।

यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला २०० ले घटेको छ । महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ५०० निर्धारण गरेको छ । सोमबार तेजाबी सुन प्रतितोला ७० हजार ७०० मा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको मुल्यमा पनि प्रतितोला ५ घटेको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला ८६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।