सारथी लघुवित्तको तीन महिनाको नाफा ८७ लाख ८८ हजार

0
Shares

सारथी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८७ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ६३७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यही अवधिमा संस्थाले ११ लाख ९२ हजार रुपैयाँमात्र खुद नाफा आर्जन गरेको थियो । व्यवसायीक विस्तारमा लागेपछि कम्पनीको नाफा बढेको हो ।

समीक्षा अवधिमा संस्थाले २२ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी ८५ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट संस्थाले १ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानीे गरेको छ ।

८ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी संस्थाको रिजर्भमा २ करोड ३९ लाख रुपैयाँ छ । गत वर्ष यही अवधिमा ऋणात्मक रहेको रिभर्ज धनात्मक भएको हो ।