नयाँ नेपाल लघुवित्तले प्रस्ताव गर्यो लाभांश

0
Shares

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ।

लघुवित्त सञ्चालक समितिको कार्तिक २० गते सम्पन्न २५९ औं बैठकले २० प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा पनि लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।